कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

सुर्खेत, १३ भदौ (जागरण) । कर्णाली करिडोरको आम्तडामा आज जिप दुर्घटना हुदाँ चालकको घटनास्थमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली करिडोर अन्तरगत आम्तडामा क१ ज २३ नम्बरको जिप दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको हो।
मानसरोवर रारा यातायातको उक्त जिप दुर्घटनामा परि सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ का विक्रम गिरीको मृत्यु भएको हो भने अन्य ११ जना घाइते भएको प्रहरीको भनाई छ । घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल ल्याइउको छ ।