बेपत्ता परिएका व्यक्तिका परिवारले अझै पाएनन् न्याय

नन्द कठायत ।
सुर्खेत, १४ भदौ (जागरण) । आज विश्व वेपत्ता बिरुद्धको दिवस हरेक वर्षको अगस्त ३० तारिखमा विश्वभर बेपत्ता व्यक्तिहरूको सम्झनामा दिवस मनाइन्छ ।
यस दिवसको मुख्य ध्येय भनेको हराएका मान्छेहरूको जानकारी संकलन मात्र गर्ने नभइकन आउँदा दिनहरूमा व्यक्तिहरू युद्ध–अपराध या आन्दोलनको क्रममा नहराउन भन्ने जागरण र व्यवस्थाको प्रवर्धन गर्नु पनि हो । नेपालमा पनि त दशक लामो द्वन्द्वमा धेरैजना बेपत्ता भएका तथा पारिएकाहरूको सूची छ ।
द्वन्द्वको समयमा कर्णाली प्रदेशका ९९ जना बेपत्ता परिएको तथ्यांक छ । यसैबीच जवरजस्त वेपत्ता पारिएका व्यक्तिका आफन्तले लामो समयसम्म पनि न्याय नपाएको बताएका छन् । लामो समयसम्म बेपत्ता व्यक्तिकोे अवस्था सार्वजनिक नगर्दा विभिन्न समस्या भोग्नु परेको उनीहरुका आफन्तनले बताएका छन् ।
२०५८ सालमा वेपत्ता पारिएकी दिपा वलीकी वहिनी सुर्खेतका राजकुमारी वलीले राज्यले वर्षांैदेखि बेपत्ता व्यक्तिकोे अवस्था सार्वजनिक नगरेकोले परिवारले चरम आर्थिक र समाजिक समस्या भोग्दै आएका बताउनुभयो ।
द्वन्द्वपीडित र बेपत्ता पारिएकाका परिवारले सङ्गठित भएर न्यायका लागि सरकार र मानवअधिकारवादी संघसंस्थादेखि बेपत्ता पारिएका व्यक्तिको छानबीन आयोगसम्म धाएको धेरै वर्ष बितिसक्दा पनि उनीहरुले न्याय पाउन सकेका छैनन् ।
वेपत्ता भएका व्यक्तिका परिवारले लामोसमय सम्म न्याय नपाउँदा दण्डहिनता मौलाएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी बताउनुहुन्छ ।
८ राजनीतिक दलहरुबीच भएको विस्तृत शान्ति सम्झौतामा ६० दिन भित्रमा वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्ने भनिएको थियो । तर शान्ति सम्झौता भएको १५ बर्ष वितिसक्दा पनि वेपत्ता पारिएका व्यक्तिका परिवारले न्याय पाउन सकेका छैनन् ।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गरेपनि यससम्बन्धी समस्या अझै समाधान हुन सकेको छैन । आयोगले के कसरी काम गरिरहेको छ त आयोगका सदस्य एवं प्रवक्ता डाक्टर गंगाधर अधिकारी ।