बलात्कारको आरोप लागेका मन्त्रीलाई बर्खास्त गर्न चौतर्फी दवाब, घटनाबारे प्रदेश सरकार के भन्छ ?

सुर्खेत, १४ भदौ (जागरण) । बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न चौतर्फी रुपमा आवाज उठेको छ ।
मन्त्री शाहीले कालिकोटकै एक महिलामाथि जबरजस्ती करण गरेको समाचार केही दिन अघि विभिन्न सञ्चार माध्यममा आएको थियो । महिलामाथि बलात्कार गरेको र उनका श्रीमानलाई कुटपीट गर्न लगाएको मन्त्री शाहीलाई आरोप लागेको छ ।
यसै बिषयलाई लिएर नेकपा एमाले सम्बद्ध राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्वीयूले शाहीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएको छ ।
युवा संघ र अनेरास्ववीयूले भने मुख्यमन्त्रीले मन्त्रीबाट हटाएर निश्पक्ष छानविन गर्नुको सट्टा बलात्कारको आरोप लागेका मन्त्रिको संरक्षण गरेको अनेरास्ववियुका धुपेन्द्र शाहीले बताउननुभयो ।
मन्त्री शाहीलाई बर्खास्त नगरे थप आन्दोलन गर्ने अनेरास्ववियू र यूवा संघले चेतावनी समेत दिएको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहीले घटनाबारे अनुसन्धान गरेर मात्रै उपयुक्त कदमा चाल्ने आश्वासन दिनुभयो ।
घटनाका विषयमा कर्णालीमा क्रियाशिल अधिकारकर्मी, नागरिक समाजले पनि संयुक्त विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले यस विषयमा सरकारको धारणा सार्वजनिक गर्न पनि माग गरेका छन् ।
घटनाको छानविन गरि दोषीउपर कानुनी कारबाहीहुनुपर्ने तथा पीडितको सुरक्षाका सम्बन्धमा राज्यले आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ ।