रक्तदाता भन्छन्ः ढुक्कले रक्तदान गरौँ (अडियोसहित)

सुर्खेत, १ असार (जागरण) । विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी विहीबार मनाईएको छ । रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउन गरिन्छ ।
मानव शरीरमा हुने रगतको समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिनको अवसर पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।
यसवर्ष ‘अरुका लागि पनि सेवाभाव जगाऊँ रक्तदान गरौँ जीवन बाडौँ’ भन्ने नाराका साथ संसारभर यो दिवस मनाईएको छ । रक्तदान नै जीबनदान भनिन्छ । खासगरी रक्तदान गर्दाका फाईदा वेफाईदाका बारेमा नागरिकमा भ्रम पनि छ । यही भ्रमलाई चिर्नका लागि सहकर्मी चाँदनी कठायतले सुर्खेतका एक युवा जस्ले जिल्लामै सबैभन्दा धेरै रक्तदान गरिसक्नुभएको छ । आफ्नो जीबनको अहिलेसम्मको यात्रामा ५९ पटक रक्तादान गर्नुभएका वीरेन्द्रनगरका प्रवास शाक्यसँग यसै विषयमा रहेर हामीले कुराकानी गर्नुभएको छ । उहाँलाई सहकर्मी कठायतले सबैभन्दा पहिला रक्तदान किन गर्ने भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो)