माेटरसाइकल दुर्घटनामा जाजरकाेटका एक जनाकाे मृत्यु

जाजरकोट, १७ भदौ

जाजरकाेटमा माेटरसाइकल दुर्घटनामापरी एक जनाकाे मृत्यु भएकाे छ ।

भेरी नगरपालिका-८ झुप्रेखोलास्थित सडकमा प्रदेश ०२ ००१ प ३४३६ नम्बरको मोटरसाइकल झुप्रे खोलामा खसेर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक गिमा बस्ने ३७ वर्षीय गोपाल कार्कीको घटनास्थलमै मृत्यु भएको हाे । भेरी नपा ८ वासी कार्की  स्वाथ्य चौकी स्याउली जाजरकोटमा कार्यरत रहेकाे प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ । प्रहरीका अनुसार  माेटरसाइल अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खाेलामा खसेकाे थियाे । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।