सुर्खेत, १८ भदौ (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेशको उर्जा क्षेत्रलाई अगाडी बढाउन विद्युत विकास कम्पनी गठन गर्ने तयारी गरेको छ ।
प्रदेशका सबै ठाउँहरुमा विद्युतको पहुँच पुर्याउन कम्पनी गठन गरेर काम गर्ने तयारी गरेको हो । त्यसको लागि उर्जा सम्बन्धीको नीति निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।
कम्पनीले विद्युत उत्पादन वितरणसँगै विद्युत उत्पादनमा लगानी जुटाउनेसम्मका काम गर्ने मन्त्रालयका प्रवक्ता गोपाल शर्माले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उर्जा विकासका लागि विभिन्न परियोजनाहरु यही बर्षदेखि शुरु गर्ने तयारी गरिएको भन्दै प्रदेश सरकारले २० वाटसम्मको विद्युत उत्पादन गर्ने योजना बनाएको बताउनुभयो ।
यसको लागि प्रदेश सरकारले एक लाख ५० हजार रकम विनियोजन गरेको छ ।
त्यसका साथै बैकल्पिक उर्जाका श्रोतहरुलाई पनि महत्व दिइएको भन्दै उर्जाको क्षेत्रमा नीजि क्षेत्रलाई समेत लगानी गर्नेगरी कार्यक्रम निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।
अहिले ग्रामीण विद्युतीकरण कार्यक्रमहरु पनि संचालन भइरहेको मन्त्रालयको भनाई छ । मन्त्रालकाय अनुसार सडकहरुमा समेत सौर्य उर्जाको प्रयोग गर्ने तयारी भइरहेको छ ।
तर प्रदेश सरकारले गत बर्ष विद्युत क्षेत्रको लागि छुट्याइको बजेट भने कार्यान्वयन गर्न सकेको थिएन ।