वीरेन्द्रनगर १४ मा अनेम संघ गठन

जागरण
सुर्खेत, १८ भदौ ।
अखिल नेपाल महिला संघ वीरेन्द्रनगर वडा नं १४ को अध्यक्षमा गंगा वुढा चयन हुनुभएको छ ।
अनेमा संघको शुक्रबार भएको भेलाले बुढाको अध्यक्षतामा ३० सदस्यीय वडा कमिटि गठन गरेको हो । भेलालाई सम्बोधन गर्दै अनेम संघका केन्द्रीय सदस्य मोहनमाया ढकालले एमालेको सिद्धान्त विचार र नीति अनुसार पार्टीमा एकताबद्ध हुन अनुरोध गर्नुभयो । पार्टी फुटको असर नपरेको बताउँदै ढकालले फुटका पक्षमा नलाग्न पनि आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य कृष्ण बहादुर हमाल, जिल्ला कमिटि सदस्य घनश्याम पाण्डे, नगर कमिटि सचिव निलकण्ठ खनाल लगायतको उपस्थिति रहेको थियो ।