नैतिकतामाथी प्रश्न उठ्दा पनि कर्णाली प्रदेशका कृषि मन्त्री राजिनामा नदिने मनसायमा

सुर्खेत, २० भदौ (जागरण) । बलात्कार आरोप लागेका कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले नैतिकताका आधारमा राजिनामा नदिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
विभिन्न राजनितिक संगठन, जनप्रतिनिधि, सामाजिक क्षेत्रमा काम गर्ने नागरिक संघसंस्थाहरुले मन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताउँदै आएका छन । तर मन्त्री पदबाट राजिनामा दिने मनसायमा नरहेको बुझिएको छ ।
उहाले बरु आफुमाथी लागेको आरोपमाथी खण्डन गर्दै मागेका योजनामा बजेट पारिदिन नसक्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको बताउनुभएको छ ।
उहाले दुई वर्षको अवधिमा पीडित भनिएकी महिलाका श्रीमानले विभिन्न योजनाबाट आफ्नो नाम बेचेर ४२ लाख ५० हजार रुपैयाँ घुस लिएको पनि दावी गर्नुभयो ।
पीडित युवतीका श्रीमानले विभिन्न व्यक्तिहरुबाट घुस लिएको, एक गाउँपालिकाका उपाध्यक्षसँग आफ्नो सम्वन्ध रहेको आरोप लगाएको, आफ्नो छोरालाई विद्यालयबाटै अपहरण गरेको लगायतका गम्भीर आरोप कृषिमन्त्री शाहीले लगाउनुभएको छ ।
मन्त्री शाहीले पीडित महिलाका श्रीमानले विभिन्न व्यक्तिहरुबाट लाखौँ रुपैयाँ नगद लिएको दावी गर्नुभएको छ ।
उहाले अडियोमा भने अनुसार कालीकोटको शुभकालिका गाउँपालिका–६ का वीरेन्द्र आचार्यबाट कृषि भवनको योजना पारिदिने भन्दै पाँच लाख रुपैयाँ लिएको, सोही वडाका माओवादी नेता दर्शन भनिनेबाट छ लाख रुपैयाँ लिएको, शुभकालिका गाउँपालिका–६ हाउडीको सडक सर्भे गरेवापत नौ लाख रुपैयाँ लिएको उल्लेख छ । यो अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मन्त्री शाहीले पीडित भनिएकी महिलाका श्रीमानले पैसा लिएकोबारे बाहिर सार्वजनिक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाका विषयमा चासो लिने पनि बताउनुभएमने एका छन् ।
यता,सामाजिक सञ्जालमा मन्त्रीसँगको सम्बन्धको भिडियो बाहिरिएपछि पिडित भनिएकी महिलाले भने आफुलाई कुनै अन्याय नभएको बताउँदै आएकी छन ।