अखिल नेपाल किसान महासंघका कार्यालय उद्घाटन

सुर्खेत, २१ भदौ ।
अखिल नेपाल किसान महासंघ प्रदेश तथा जिल्ला कमिटिको कार्यालय सुर्खेतमा उद्घाटन गरिएको छ ।
कर्णाली प्रदेश र जिल्ला कमिटि सुर्खेतको कार्यालय आज उद्घाटन गरिएको हो । महासंघका केन्दय सचिब खड्क बहादुर खड्काले कार्यालयको उद्घाटन गर्नुभएको छ । सुर्खेत जिल्लाका सहसंयोजक मनोहर आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।