कर्णालीमा पेट्रोलियम पदार्थको भण्डारणको लागि उपयुक्त ठाउँ काँहा छ ?

नन्द कठायत ।
सुर्खेत, २२ भदौ (जागरण) । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारणको लागि उपयुक्त स्थान खोज्न सरोकारवालाहरुले आग्रह गरेका छन ।
हालसम्म कर्णालीमा एउटा पनि पेट्रोलियम पदार्थको भण्डारण नरहेको भन्दै उनीहरुले उचीत स्थानको छनोटगरी भण्डारणको लागि व्यवस्था गर्न आग्रह गरेका हुन् ।
उद्योग वाणीज्य संघ कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाही पेट्रोलियम पदार्थ समंवेद्न सिल भएकाले भण्डारण डिपो व्यवस्थाको लागि घना वस्ति भन्दा कम वस्ति भएको ठाउँको सम्भाव्यता अध्यन गर्नुपर्ने बताउनुभयो ।
उहाँले यसको लागि सुर्खेतको सुर्खेतको छिन्चु लगायतका अन्य ठाउँमा भण्डारण केन्द्र राख्न उपयुक्त हुने कर्णाली रैबार मार्फत सुझाव दिनुभयो ।
यस्तै, स्थानीय सरकारले पनि वातावरणीय मूल्याकनगरी उपयुक्त ठाउँको दिर्घकालीन योजना बनाइ काम गर्नुपर्ने बताएका छन् ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नजिकको वस्तिलाई असर नपर्नेगरी सरकारले जग्गाको खोजि गर्नुपर्ने बताउनुभयो ।
यता, प्रदेश सरकारले भने स्थान छनोट, सम्भाव्यता अध्ययन र वातावरणीय अध्यान प्रतिवेदन तयार गरी पेट्रोलियम भण्डारण डिपो स्थापनाको लागि आवश्यक प्रक्रिया शुरु गरिने बताएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मुन बहादुर रावतले सरकारी लक्ष्यअनुसार जग्गा प्राप्तिसगै डिपो निर्माणसम्बन्धी सम्भाव्यता अध्ययनको काम यसै वर्षदेखि शुरु हुने जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षमा कर्णालीमा पेट्रोलियम भण्डारण निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरिएको बताएको छ ।