स्थानीय सरकारहरुले युवामैत्री योजना बनाउन नसकेको युवाहरुले गुनासो

सुर्खेत, २४ भदौ (जागरण) । स्थानीय सरकारहरुले युवामैत्री योजना बनाउन नसकेको युवाहरुले गुनासो गरेका छन ।
कर्णाली रैबारसँग आज कुराकानी गर्दै कर्णालीका युवाहरले स्थानीय सरकार गठन भएको लामो समय भइसक्दापनि योजना, नीति र बजेट युवामैत्री नभएको बताएका हुन ।
विकासको मेरुदण्डका रुपमा रहेका युवाहरुको सहभागिता हुनेगरी योजना निर्माण गर्न उनिहरुले माग गरेका छन ।
सुर्खेत लेकवेशीका नगरपालिकाका एकजना युवा सावित्री भट्टराईले खेलकुद क्षेत्र बाहेक अन्य क्षेत्रमा युवा मैत्री कार्यक्रम नभएको बताउनुभयो ।
उहाले विकासको लागि युवामुखी कार्यक्रम हुन आवश्यक रहेको बताउनुभयो ।
सुर्खेत वीरेन्द्रनगरका युवा अनिल ढकालले पनि सरकारले युवामैत्री योजना, कार्यक्रम बनाएपनि कार्यान्वयन पक्ष फितलो रहेको भन्दै यतातर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
सुर्खेत भेरीगंगा नगरपालिकाका प्रेम ओलीले युवामैत्री योजना बनाएमात्र विकास र रोजगारी सिर्जना हुने भन्दै सरकार यस सन्दर्भमा गम्भिर हुन सुझाव दिनुभयो ।
यता, स्थानीय सरकारहरुले भने युवामैत्री नीति, कार्यक्रमहरुसँगै विपत व्यवस्थापनको क्षेत्रमा पनि योजना बनाइएको दाबी गरेका छन । लेकवेसी नगरपालिका नगरप्रमुख गगन सिं सुनार भन्नु भयो ।
नेपालमा युवाहरुको संख्या जम्मा जनसंख्या ५४ प्रतिशत रहेको छ । युवामैत्री निती र कानुन नबन्दा रोजगारी खोजीमा उनिहरु विदेशिने दर बढेको छ । यसले गर्दा विकासका काम तिव्र अगाडी बढाउन समस्या भएको छ ।