कर्णाली प्रदेश सरकारले तिनवटा ठुला कोल्ड स्टोर स्थापना गर्ने

नन्द कठायत ।
सुर्खेत, २८ भदौ (जागरण) । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र ३ वटा ठुला क्षमताका शीत भण्डार निर्माण भएको छ ।
प्रदेशको भूमी व्यावस्था कृषी तथा सहकारी मन्त्रालयले हरेक वर्ष सार्बजनिक र नीजि क्षेत्रको साझेदारीमा शित भण्डार निर्माण गर्दै आएको छ ।
त्यस अन्र्तगत सरकारले चालु आर्थिक वर्षमा दैलेखमा, सुर्खेतको गुर्भाकोट र विरेन्द्रनगरमा एक÷एक शीत भण्डार निर्माण गर्ने मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा २०७५÷७६ देखि हालसम्म ठुला र सानागरी प्रदेशका सबै जिल्लामा १९ वटा (कोल्ड स्टोर) निर्माण भएको मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
प्रवक्ता कठायतका अनूसार सुर्खेतमा २ वटा, रुकुम पश्चिमा २, सल्यान र दैलेखमा एक÷एक, डोल्पा, कालिकोट र जुम्लामा ४ वटा शीत भण्डार निर्माण भएका छन ।
सुर्खेतको भेरीगंगा नगरपालिका १० छिन्चुस्थित झिलमिले र विरेन्द्रनगरमा निर्माण भएका ठुलो क्षमताका शीत भण्डारको सबै काम सम्पन्न भएको छ ।
यस्तै सल्यानको कपुरकोटमा विषादी परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ, भने रुकुम परिश्चममा र दैलेखमा यो वर्षमा सम्पन्न हुने प्रक्रियामा रहेका छन् ।
कोल्ड स्टोर निर्माण भएपछि कर्णालीका किसानहरुलाई धेरै ठुलो राहत पुग्ने प्रदेश सरकारको भनाइ छ । कर्णालीका किसानले उत्पादन गरेको वस्तु करिब छ महिनासम्म राख्न सकिने भएकाले अब उत्पादित वस्तु खेर नजाने भएको मन्त्रालयको दावी छ ।
जिल्लाको सम्भाभ्ता अध्यान, जग्गाको उपलब्धता तथा स्थानीय नागरिकको लागत साझेदार गर्ने प्रतिबद्धता र प्राविधिकरुपमा आवश्यक भएको खण्डमा प्रदेश सकारले ३ देखि ४ वटा सम्म शीत भण्डार निर्माण गर्दै आएको बताउनुभयो ।
सरकारले प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्नका लागि सबै जिल्लामा बेमौसमी तरकारी तथा फलफूल उत्पादन हुनेभएकाले यसलाई व्यवस्थित गर्नका लागि शीत भण्डार आवश्यक भएको जनाइएको छ ।