सबै स्वास्थ्य संस्थामा बहिरंग उपचार सेवा केन्द्रको स्थापना हुने

सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतका सबै स्थानीय तहहरुका सबै स्वास्थ्य संस्थामा बहिरंग उपचार सेवा केन्द्रको स्थापना हुने भएको छ ।
सेवा केन्द्र स्थापनासँगै बालबालिकाहरुले अब तत्काल उपचार सेवा पाउने भएका छन् ।
५४ प्रतिशतभन्दा धेरै कुपोषण दर रहेको कर्णाली बालबालिकाहरुलाई केही सेवा केन्द्र स्थापनाले राहात पुग्ने अपेक्षा गरिएको छ ।
बहिरंग उपचार सेवा केन्द्रको वीरेन्द्रनगर स्थित लाटीकोइली स्वास्थ्य संस्थामा र भेरीगंगा नगरपालिका अन्तर्गत छिन्चु स्वास्थ्य चौकीमा आज उद्घाटन गरिएको छ ।
सेवा केन्द्रको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाकामा नगर प्रमुख देव कुमार सुवेदी, नगर उपप्रमुख मोहनमाया ढकाल तथा भेरीगंगा नगपालिकाको नगर उपप्रमुख रेणु आचार्यले गर्नुभएको हो ।
योसँगै सुर्खेतका सबै सवासथ्य संस्थामा सेवाको शुभारम्भ गरिने चरण शुर भएको जनाइउको छ । कुपोषित बालबालिकाहरुले अब सम्बन्धित पालिकाको उपचार केन्द्रमा गएर उपचार प्राप्त गर्ने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताउनुभयो ।
समुदायस्तरमा महिला स्वास्थ्य स्वयम् सेविका एवम् सुआहारा कर्मचारीहरुवाट पहिचान भएका शिघ्र तथा मध्यम कुपोषित बालकालिकाहरुलाई उक्त सेवा केन्द्रले सेवा दिने र कुपोषणको दर घटेर सुपोषित समाज निर्माणमा सहयोग पुग्ने सुआहारा कार्यक्रम संचालन गरिरहेको स्थानीय साझेदार संस्था स्याक नेपालका कार्यक्रम व्यवस्थापक रेशम चनदले बताउनुभयो ।