बिपन्न व्यक्तीलाई कुखुराका चल्ला वितरण

सुर्खेत, २८ भदौ (जागरण) । कोभिड १९ ले प्रभावित रहेका सुर्खेतका विपन्न विद्यार्थीका अविभावकलाई कुखुराका चल्ला वितरण गरिएको छ । बिपन्न नागरिकको आयआर्जनमा सहजता ल्याउन कुखुराको चल्ला वितरण गरिएको हो ।
वातावरणिय बिकास केन्द्र (केड) काठमाडौको आर्थिक सहयोय तथा सुशासन प्रवर्द्धनका लागि युवा (वाइजिजिपी) सुर्खेतको सहजीकरणमा सिम्ता गाउँ पालिकाको वागेश्वरी मावी राकम र चौकुने गाउपालिकाको जीवन ज्योती मावी गुटुमा कुखुराको चल्ला बितरण गरिएको हो ।
विशेषगरी यो कार्यक्रममार्फत बिद्यालय अध्यनरत बिपन्न बाल अभियानि तथा दौतरि हरुको आयआर्जन लाई वृद्धि हुने अपेक्षा गरिएको छ ।
संस्थाले विगत ३ बर्ष देखि महिला, किशोरी, युवा, बाल अधिकारका क्षेत्रमा काम गर्दै आएको छ ।
किसोर किशोरी लाई बिद्यालयमा स्टेसनरी तथा शिक्ष सम्बन्धि गतिविधि संचाल्न गर्नुका साथै विद्यार्थी भर्ना अभियान समेत संचालन गर्दै आएको कार्यक्रमका घनश्याम केसीले जानकारी दिनुभयो ।