मस्को, १ असार । विश्वकप फुटबल प्रतियोगिता २०१८मा आयोजक रसियाले सानदार जित हात पारेको छ । बिहीबार मस्कोमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । समूह ’ए’ अन्तर्गतको खेलमा रसियाले साउदी विरुद्धको नियन्त्रणमा लिएको थियो। रसियाका लागि खेलको १२ मिनेटमा गाजिन्स्कीले गोल गर्दै अग्रता दिलाउनुभएको थियो ।
४३ मिनेटमा चेरिसेभले दोस्रो गोल गर्नुभयो । त्यस्तै ७१ मिनेटमा डिज्यबाले रसियाका लागि तेस्रो तेस्रो गोल गर्नुभएको थियो ।
दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा चेरिसेभवले व्यक्तिगत दोस्रो गोल गर्दा रसियाको अग्रता ४–० मा पुगेको थियो ।
यस्तै इन्जुरी टाइमको चौथो मिनेटमा गोलोभिनले रसियाका लागि पाँचौ गोल गर्नुभयो । समूह ’ए’ को पहिलो खेलमा शानदार जित हात पारेसँगै रसियाको दोस्रो चरण पुग्ने लक्ष्य सहज बनेको छ ।