जागरण एफ एम १४ औँ बर्षमा प्रवेश

जागरण

सुर्खेत, ३१ भदाै ।
हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित जागरण एफ.एम आजदेखि १३ बर्ष पूरा गरी १४ औँ बर्षमा प्रवेश गरेको छ । २०६५ भदौ ३१ गतेका दिनबाट यस एफ .एम.को प्रशारण शुरु भएको हो ।

जनताको जागरण गर्ने मूल ध्येयका साथ कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर १२ बाट सञ्चालित यस एफ. एम. ले समुदायका विषयवस्तुमा केन्द्रित भई आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
विशेषगरी, शिक्षा, कृषि, वातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, सुशासन, लोकतन्त्र र विकास, मानव अधिकार, पर्यटन, स्वास्थ्य तथा सरसफाई, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।
जागरण एफ. एम. ले सुर्खेत जिल्लासहित कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, रुकुम र सल्यान, लुम्विनी प्रदेशका बाँके र बर्दिया तथा सुदुरपश्चिम प्रदेशका कैलाली र अछामका केही स्थानिय तह सम्म आफ्नो प्रसारण ५०० वाट् क्षमतासहित एफ. एम. व्याण्डमा ९०.८ मेगाहर्ज मार्फत आफ्नो प्रशारण सेवा पु¥याइरहेको छ । बढ्दो इन्टरनेटको पहुँचलाई ख्याल गर्दै सुर्खेतमा सबै भन्दा पहिला (वि.सं.२०६९) देखि अनलाइन onlinejagaran.com  मोवाइल एप्लिकेशन, फेसबुकfacebook.com/jagarannetwork, ट्वीटर @JagaranNetwork र युट्युव च्यानल youtube.com/jagarantv बाट आफ्नो प्रशारण र प्रकाशन सञ्चालन गरिरहेको छ ।
मूलुक संघीयतामा गएसंगै क्षेत्रीय एवं प्रादेशि प्रशारणको अभावलाई पूर्ति गर्ने हेतुले जागरण एफ एमले समान उद्देश्य बोकेका कर्णालीका अन्य सामुदायिक रेडियोहरुसंगको सहकार्यमा २०७७ सालदेखि ‘कर्णाली रैबार’ प्रसारण गर्दै आएको छ । हाल सुर्खेत जिल्लासहित कर्णाली प्रदेशका सवै (१० वटा) जिल्लाका २८ वटा रेडियोहरुबाट कर्णाली रैबार प्रशारण गरिरहेको छ भने प्रदेशमा सञ्चालित सबै सामुदायिक रेडियोहरुसंग साझेदारी गर्ने लक्ष्य लिएको छ ।