सुर्खेत, ३ असोज (जागरण) । सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।
शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनिहरुलाई आज सार्बजनिक गरिएको हो ।
होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा रास्कोट नगरपालिका–८, कालीकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–६, दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका–१०, दैलेखका २१ वर्षीय पूर्णबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरीले जनाएको छ ।
बयानका क्रममा उनीहरूले आफूहरू छाला पु¥याउनमात्र आएको बताएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको बयानका क्रममा खुलेको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।