एमाले फुटेको नभइ केही व्यक्ती चोइटिएर गएको एमाले कर्णाली प्रदेश अध्यक्षको भनाई

कालि बहादुर थापा
हुम्ला, ३ असोज (रेडियो श्रीनगर) । नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटीले एमाले फुटेको नभइ केही व्यक्ती चोइटिएर गएको बताउनुभएको छ ।
हुम्लाको ताजाकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बोगटीले यस्तो बताउनुभएको हो ।
उहाले अहिले पनि नेकपा एमाले देशको पहिलो पार्टी भएको भन्दै दुइचार जना निस्कदैमा केही फरक नपर्ने बताउनुभयो ।
एमाले नेतृत्वको सरकारले गरेका कामको बारेमा जनतालाई जानकारी गराउनुपर्ने बताउँदै पार्टी सुदृढीकरणका लागि गाउँ गाउँमा जान नेता कार्यकर्तालाई उहाले आग्रह समेत गर्नुभयो ।
नेकपा एमालेका हुम्ला जिल्ला अध्यक्ष समेत रहेका पुर्व सामाजीक विकास मन्त्री दल रावलले आफु सामाजीक विकास मन्त्री हुँदा धेरै काम गरेको तर अहिले सरकारले ती कामलाई ओझेलमा पारेका बताउनुभयो ।
उहाले नेकपा एमालेसँग भिजन भएको भन्दै अन्य पार्टीहरुले देश परिवर्तन गर्न नसक्ने बताउनुभयो ।
अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा लगायतले आफ्नो धाराणा राखेका थिए ।