काठमाण्डौ, ४ असोज (जागरण) । संसद्ले विनियोजन विधेयक २०७८ पारित भएको छ । एमाले सांसदको अवरोधका बीच सुरु भएको संसद् बैठकमा विनियोजन विधेयक २०७८ पारित भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले ’विनियोजित विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्न अर्थमन्त्री जनार्दन शर्मालाई अनुमति दिनु भएको थियो। मन्त्री शर्माले प्रस्ताव पेस गरेपछि बहुमतले यो विधेयक पारित भएको हो ।
नाराबाजीकैबीच सभामुख अग्नि सापकोटाले संसद्को कारबाही अगाडि बढाउनु भएको थियो । प्रतिनिधि सभाबाट विनियोजन विधेयक आज नै राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाको बैठक भोलि बोलाइएको छ ।
प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाको बैठक भोलि मङ्गलवारका लागि बोलाइएको छ । राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि कार्यान्वयनमा आउनेछ । त्यसपछि अहिलेको बजेट होलिडेको अन्त्य हुनेछ ।