नेकपा एसमा लाग्न दाबाव दिएपछि योजना आयोगबाट राजीनामा

जागरण

सुर्खेत, ४ असोज ।
कर्णाली प्रदेश योजना आयोगको सदस्य पदबाट योगेन्द्र शाहीले राजिनामा दिएका दिनुभएको छ ।
नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादी (एस) पार्टीमा लाग्न दबाव आएपछि शाहीले राजीनामा दिनुभएको हो । प्रदेश योजना आयोग गठनगर्दा एमालेको कोटााबाट सदस्य मनोनित हुनभएको थियो । उपाध्यक्षसहित एक सदस्य माओवादी केन्द्रबाट र शाही एमालेबाट सदस्य हुनुहुन्थ्यो । ‘पार्टी के हो तपाइ समाजवादी हो की एमाले हो भन्ने भएपछि मलाई चाँही अलि योजना आयोगबाट टाढा बसौँ भन्ने लागेको हो’ शाही जागरणसंग भन्नुभयो ।
उहाँले आफू पार्टीमा भएको फुट कारण सक्रिय राजनीतिमा तत्काल नलाग्ने सोच बनाएको तर एमालेको संगठित सदस्य नै भएर वस्ने बताउनु भयो । ‘एमाले मेरै पार्टी हो त्यसमा रगत पसिना वग्या छ’ उहाँले भन्नुभयो,‘संगठित सदस्य मात्र भएर त बस्न सकियो नी मेरो संगठित सदस्यता कसले खोस्छ र?’ कर्णालीमा नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नुभएको थियो । माओवादी र एमालेको एकता भंग भएसंगै अहिले काँग्रेस र एमालेमा माधव नेपाल पक्ष सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्रीमा शाहीले नै निरन्तरता पाइरहनुभएको छ ।
योजना आयोगका सदस्य शाही नेकपा हुँदा प्रदेश कमिटि सदस्य हुनुहुन्थ्यो । विगतमा एमाले नेता झलनाथ खनाल निकट मानिएका शाही अहिले पार्टी विभाजनपछि नेकपा एसमा नलागेपछि राजिनामा दिन दबाब दिइए हो । शाहीले भने आफूलाई प्रत्यक्ष रुपमा राजिनामा दिन दबाव नदिएको तर राजनीतिक नियुक्ति भएकाले आफैले राजिनामा दिएको बताउनुभएको छ ।