कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप, उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्दै


जागरण
सुर्खेत, ६ असोज ।
कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवामा पहुँच विस्ता गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सञ्चालित उक्त अस्पतालमा विशेषज्ञ चिकित्सकहरु आएसंगै जटिल रोगका उपचार तथा शल्यक्रिया लगायतका सेवामा विस्तार गरेको हो ।
अस्पतालमा स्थापनादेखि नै पहिलो पटक टाउकाको शल्यक्रिया सेवा सुरु गरिएको छ । जुन सेवा कर्णाली प्रदेशका अन्य कुनै पनि अस्पतालमा छैन । लामो समय संघीय राजधानी काठ्माण्डौँका विभिन्न अस्पतालहरुमा सेवा पु¥याएका न्यूरो सर्जन डा निलम कुमार मानवले आएपछि पहिलो पटक न्यूरो सम्बन्धी शल्यक्रिया हुन थालेको हो । न्यूरो सर्जन डा. कार्की प्रदेश अस्पतालमा आउनुभएको छ महिनामा उहाँ आएदेखि अस्पतालमा २५ वटा टाउ, दुई वटा ढाड र घाँटीको १ वटा अप्रेसन गरिएको छ । साथै एक सय १० जनालाई ओपीडीमा जाँच गरिएको छ । कर्णालीमा टाउकोमा चोटपटक लागेका विरामी धेरै आउने गरेको डा.कार्कीले बताउनुभयो ।
यस्तै अस्पतालले बहिरंग सेवा अर्थात ओपिडी सेवाको समय पनि बढाएको छ । यसअघि विहान १० बजेदेखि ३ बजेसम्म दिने गरिएको ओपीडी बिरामी जाँच सेवा विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म बनाइएको छ । शुक्रबार भने ९ बजेदेखि २ बजेसम्म सेवा दिइने छ । नाम दर्ता सेवा विहान ८ बजेदेखि नै दिन सुरु गरिएको छ ।
यस्तै अस्पतालमा स्वास्थ्य विमा गरिएका नागरिकलाई प्राथमिकताका साथ छ्ट्टै फाँटबाट सेवा दिने व्यवस्था मिलाइएको छ । जसले गर्दा सहजता भएको र सेवाग्राही पनि थपिएको अस्पतालका निर्देश डा. डम्मर कुमार खड्काले जानकारी दिनुभयो ।
प्रदेश अस्पतालले गत आर्थिक २०७७÷०७८ मा ५३ हजार ४ सय ५३ जनालाई ओपीडी र ८ हजार ९ सय ६३ जनालाई इमरजेन्सी सेवा दिएको छ । सोही अवधिमा ४ हजार ९ सय ४९ जना महिलाहरुले अस्पतालबाट सुत्केरी सेवा लिएको अस्पतालका सूचना अधिकारी डा. विकास केसीले जानकारी दिनुभयो । केसीका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकहरु आएसंगै शल्यक्रिया हुने संख्या बढेको छ । गत आर्थिक बर्षमा अस्पतालबाट २ हजार ४ सय ५७ अप्रेसन भएको डा. केसीले बताउनुभयो । अघिल्लो आर्थिक बर्षमा भने १ हजार ९ सय ५२ वटा सल्यक्रिया गरिएको थियो ।