जागरण
सुर्खेत, ७ असोज ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा रहेको वास्मती प्रिमियम चामल विक्रि वितरणमा रोक लगाइएको छ।
कम्पनीको केन्द्रबाट आएको उक्त चामलमा कुहिएको चामल मिसाएर पठाएको भन्ने सूचना पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले उक्त चामल विक्रि वितरण गर्न रोक लगाएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको ४ सय ८७ मेट्रिक टन बास्मती चामल राम्रो चामलसँग मिसाएर कर्णाली प्रदेशका दुर्गम जिल्लामा बिक्रीका लागि पठाएको समाचार सार्वजनिक भएपछि डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापासहितको संयुक्त टोलीले बुधबार वीरेन्द्रनगर ६ मा रहेको गोदामको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा साउनयता काठमाडौंबाट आएको १९ सय ९० क्विन्टल बास्मती चामलमध्ये १५ क्विन्टल बिक्री गरिसके र बाँकी १९ सय ७५ क्विन्टल चामल गोदाममै रहेको पाइएको छ । उक्त चामल हेर्दा कुहिएकाे नपाइकाएकाे डिभिजन प्रमुख थापाले बताउनुभयाे ।
कम्पनीको थापाथली स्थित डिपोमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिल गरेको ४ सय ८७ मेट्रिकटन बास्मती चामल राम्रो चामलसंग मिसाएर कर्णाली पठाएको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको र उक्त चामल खाद्य कम्पनीको थापाथाली गोदाममा छ वा छैन, भनी जानकारी गराउन भन्दै विभागलाई बुधबार नै पत्र काटी इेमलमार्फत पठाइएको र विभागकाे पत्र आएपछि मात्रै थहा हुने थापाले बताउनुभयाे । ‘कुहिएको चामल सुर्खेत पाठाइएको भन्ने सूचना पाएपछि हामीले खाद्य डिपोको अनुगम गरेका छौँ’ थापाले भन्नुभयो,‘अनुगमका क्रममा साधारण तया त्यस्तो त देखिएको छैन त्यही पनि हाम्रो विभागलाई वास्तविकता बुझ्नका लागि पत्रचार गरेको छु उताबाट खबर आएपछि मात्रै प्रष्ट हुन्छ ।’
यता कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका सूचना अधिकारी वासुदेव रिजाल भने सुर्खेत आएको चामलमा कुनै कम्जोरी नभएको दाबि गर्छन । ‘भदौ र साउनमा त्यो चामल आएको हो’ उहाँले भन्नुभयो‘त्यस मध्य १५ क्वीन्टल विक्रि गरिसक्यौ कुनै कम्पेलेन आएको छैन बाँकी कुरा त हाम्रो हेड अफिसलाई थाहा होला ।’
खाद्य प्रविधि विभागले नष्ट गर्ने भन्दै चामल गोदाम सिल गरेको तर खाद्य कम्पनीले कसैको जानकारीबिना आफैं चामल गोदामबाट ‘रि पोलिसिङ’ गरी सुर्खेत जिल्लामा पठाएको भन्ने चर्चा भैरहेको छ ।
कर्णालीमा चाडपर्वका बेला सधैँ चामल अभाव
कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पा, जुम्ला, कालिकोट र जाजरकोट लगायतका जिल्लामा हरेक बर्ष चाडपर्वमा खाधान्न अभाव हुने गर्दछ तर सहुलियतमा चामल पु¥याउने सरकारबाट जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने त्यसको समाधान गर्न सकेको छैन ।
कम्पनीले समयमै ढुवानी गराउन नसक्दा हिमाली जिल्लाका नागरिकले दशैँ तिहार लगायतका चाडवाडमा खाधान्न अभाव भोग्नु परेको हो ।
यस बर्ष पनि हुम्ला, डोल्पा र मुगुका खाधा डिपोहरुमा चामल छैन । कम्पनीको जिल्ला सदरमुकाम स्थित कार्यालयमा केही मात्रामा चामल भएपनि खाध डिपोहरुमा ढुवानी गरिएको छैन । कम्पनीकाका अनुसार हाल हुम्लामा ३ हजार २ सय क्वीन्टल, मुगुमा ५५० क्वीन्टल र डोल्पामा ३६४ क्वीन्टल चाम मात्र छ । यता कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा भने करिब १३ हजार क्वीन्टल चामल मौजुदा छ । ढुवानीका लागि ठेक्का प्रक्रिया नटुँगिएका कारण यस बर्षपनि जिल्लाहरुमा दशैँ अघि चाम नपुग्ने निश्चित जस्तै भएको छ । ‘ढुवानीका लागि हाम्रो कम्पनीले ठेक्का प्रक्रिया गरेर लगभग टुङ्गिएको छ’ सूचना अधिकारी रिजाल भन्नुहुन्छ‘अहिलेसम्म कुनै पनि कम्पनीसंग सम्झौता नभएकाले दशैँ अघि जिल्लाहरुमा पु¥याउन त लगभग असंभव छ ।’
कर्णालीका नागरिकले चाडपर्वमा खाधान्न अभाव झेल्नु परेको यो बर्ष मात्रै होइन् । हरेक बर्ष चाडपर्वमा खाधान्न नहुँदा यहाँका नागरिकको चाडपर्व नै खल्लो हुने गरेको छ । दुर्गम जिल्लामा खाधान्न ढुवानी गर्नका लागि सरकारबाट अनुदान लिने गरेको कम्पनीले समयमै खाधान्न पु¥याउन नसकेर लाचारीपन देखाउँदै आएको छ ।
अनुदानमा गिद्धे नजर
सरकारले दुर्गम जिल्लाका लागि चामल र ढुवानीमा अनुदान दिँदै आएको छ । दुर्गम जिल्लाका नागरिकका लागि दिएको उक्त अनुदानमा पनि खाद्य व्यवस्था व्यापार कम्पनी र ढुवानीकर्ता ठेकेदारहरुले गिद्धेनजर लगाउँदै आएका छन् । गत बर्ष मुगुका लागि पठाइएको अनुदानको चामल भतmपुर लैजाने क्रममा सुर्खेतमा बरामद भएको शर्मा पक्राउ परेको घटनाले यसको पुष्टि गर्छ । जापान सरकारले अनुदानमा दिएको चामल नेपाल खाध तथा व्यापार कम्पनीको ढुवानी कर्ता शर्मा ढुवानी सेवाले रिप्याकिङ गरेर भक्तपुरका लागि पठाएको २ सय ५० क्विन्टल चामल जिल्ला प्रहरी कार्यालयले सुर्खेतले कात्तिक १३ गते बरामद गरेको थियो । उक्त मुद्धामा जिल्ला प्रशासन कार्यालयले कम्पनीका सञ्चालक वासुदेव शर्मा लगायतलाई दोषि ठहर गर्दै कालो बजारी ऐन अन्तर्गत जरिवाना गरेको छ ।