कर्णालीका हिमाली जिल्लामा खाद्यन्न अभाव

सुर्खेत, ८ असोज (जागरण) । सरकारले सहुलियतमा दिने चामल ढुवानीको टुङ्गो नलागेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा खाद्यन्न अभाव शुरु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा करिव १३ हजार क्वीन्टल चामल थन्किएको छ तर ढुवानीको लागि ठेक्का प्रक्रिया नटुङ्गिएपछि गाउँसम्म चामल पुग्न सकेको छैन ।
कर्णाली प्रदेशका हुम्ला, डोल्पा, जुम्ला, कालिकोट र जाजरकोटलगायतका जिल्लामा हरेक वर्ष चाडपर्वमा खाद्यन्न अभाव हुने गर्दछ तर सहुलियतमा चामल पु¥याउने सरकारबाट जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने त्यसको समाधान गर्न नसकेको हो ।
यस बर्ष पनि हुम्ला, डोल्पा र मुगुका खाद्य डिपोहरुमा रित्तै छन् । कम्पनीको जिल्ला सदरमुकाम स्थित कार्यालयमा केही मात्रामा चामल भएपनि खाध डिपोहरुमा ढुवानी गरिएको छैन ।
कम्पनीले समयमै ढुवानी गराउन नसक्दा हिमाली जिल्लाका नागरिकले दशैँ तिहार लगायतका चाडवाडमा खाधान्न अभाव भोग्नु परेको हो ।
यता हिमाली जिल्लाका नागरिकहरुले चाडपर्व नजिकिएसँगै समयमै खाद्यन्न अभाव हटाउन माग गरेका छन् ।
हुम्लाको अदानचुली गाउँपालिका २ का कलु कटुवालले खाद्यन्न अभावकै कारण चाडपर्वमा समेत भोकै बस्नुपर्ने बाध्यता रहेको कर्णाली रैबारसँग गुनासो गर्नुभयो ।
हाल हुम्लामा ३ हजार २ सय क्वीन्टल, मुगुमा ५ सय ५० क्वीन्टल र डोल्पामा ३ सय ६४ क्वीन्टल चामल मात्र छ ।
केही नागरिकहरुले खाद्य दिने नाममा जनताको स्वासथ्यमा गम्भिर खेलवाड गरेको बताएका छन । कर्णाली रैबारमै गुनासो गर्दै जुम्लाका नवराज शाहीले जनताको स्वासथ्यमा खेलवाड नगर्न आग्रह गर्नुभयो ।
यता, ठेक्का पक्रिया नटुङ्गिता यस बर्षपनि कर्णालीका हिमाली जिल्लाहरुमा दशैँ अघि चामल नपुग्ने निश्चित जस्तै बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका सुचना अधिकारी वासुदेव रिजालले बताउनुभयो ।

वास्मती प्रिमियम चामल विक्रि वितरणमा रोक
खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा रहेको वास्मती प्रिमियम चामल विक्रि वितरणमा रोक लगाइएको छ ।
कम्पनीको केन्द्रबाट आएको चामलमा कुहिएको चामल मिसाएर पठाएको भन्ने सूचना पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले चामल विक्रि वितरण गर्न रोक लगाइएको जनाएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको ४ सय ८७ मेट्रिक टन बास्मती चामल राम्रो चामलसँग मिसाएर कर्णाली प्रदेशका दुर्गम जिल्लामा बिक्रीका लागि पठाएको समाचार सार्वजनिक भएपछि डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापासहितको संयुक्त टोलीले बुधबार वीरेन्द्रनगर ६ मा रहेको गोदामको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा साउन यता काठमाडौंबाट आएको १ हजार ९ सय ९० क्विन्टल बास्मती चामलमध्ये १५ क्विन्टल बिक्री गरिसके र बाँकी १ हजार ९ सय ७५ क्विन्टल चामल गोदाममै रहेको पाइएको छ ।
कम्पनीको थापाथली स्थित डिपोमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिल गरेको ४ सय ८७ मेट्रिकटन बास्मती चामल राम्रो चामलसंग मिसाएर कर्णाली पठाएको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको र चामल खाद्य कम्पनीको थापाथाली गोदाममा छ वा छैन, भनी जानकारी गराउन भन्दै विभागलाई बुधबार नै पत्र काटी इमलमार्फत पठाइएको डिभिजन प्रमुख थापाले बताउनुभयो । …आवाज…
कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका सूचना अधिकारी रिजाल भने सुर्खेत आएको चामलमा कुनै कम्जोरी नभएको दावी गर्नुभयो ।
कर्णालीका नागरिकले चाडपर्वमा खाद्यन्न अभाव झेल्नु पर्ने समस्या त छ नै त्यससँगै ल्याइएको खाद्यन्न गुणस्तरहिनसँगै अनियमितता समेत हुने गरेको छ ।