टेकराज केसी ।
सुर्खेत, ९ असोज (जागरण) । सुर्खेतको लेकवेशी नगरपालिकाको कृषि क्षेत्रको लागि आवश्यक नीति बनाउन नसक्दा कार्यक्रमहरु प्रभावकारी नभएको पाइएको छ ।
नगरपालिकाले आवश्यक नीति बनाउन नसक्दा कृषि क्षेत्रमा उल्लेख्य प्रगती गर्न सकेको छैन ।
सुन्दर नेपाल संसथाले संचालन गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत नगरपालिकामा शुक्रबार गरिएको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।
नगरपालिकाले कृषि क्षेत्रको लागि एउटा ऐन निर्माण गरेको भएपनि त्यसअनुसारका कार्यविधि निर्माण नहुदा काम गर्न समस्या भएको कृषि शाखाका विजय खड्काले बताउनुभयो ।
उहाका अनुसार कृषि क्षेत्रमा काम गर्ने कर्मचारीको अभाव समेत रहेको छ । अहिले कृषि क्षेत्रमा काम गर्ने जम्मा ६ जना कर्मचारी छन ।
तिमध्य दुइजना मात्र कृषि प्राविधिक रहेका छन । १० वटा वडा रहेको पालिकामा पर्याप्त कर्मचारी नहुँदा भनेअनुसारको कृषि सेवा दिन नसकिएको उहाले जानकारी दिनुभयो ।
नगरपालिकाले कृषकहरुलाई आवश्यक पर्ने मल, बिऊ र अन्य कृषि सामग्रीहरु भने अनु्दानमा प्रदान गर्दै आएको छ । विभिन्न सहकारी मार्फत यसता सामग्री ५० प्रतिशत अनुदानमा दिने गरिएको खड्काले बताउनुभयो । तर कार्यविधि चाँडै निर्माण भएको खण्डमा यी सबै काम सहज ढङ्गले गर्न सकिने उहाको भनाई छ ।
नगरपालिकाले संचालन गर्ने कार्यक्रमहरु सार्बजनिक सुचना गर्ने गरिएको भएपनि नागरिक बडापत्र भने अहिलेसम्म राख्न सकेको छैन । यसले नगरपालिकाको सेवा प्रवाह पारदर्शी र जवाफदेहि हुन नसक्ने नागरिकहरुको गुनासो छ ।
यस्तै, नगरपालिकाले कृषि क्षेत्रमा समेत पर्याप्त बजेट विनियोजन नगरेको पाइएको छ ।
कृषि क्षेत्रको लागि चालु अर्थिक बर्षमा जम्मा २० लाख बजेट रहेको कृषि शाखाले जानकारी दिएको छ । यो १० वडाको लागि बजेट अपर्याप्त हो ।
यता, नगरपालिका प्रमुख गगन सिङ सुनारले गत बर्ष कृषि क्षेत्रमा छुट्याइएको ८० लाख बजेट कार्यान्वयन हुन नसकेपछि यो बर्ष कृषिमा बजेट नछुट्याइएको प्रतिक्रिया दिनुभयो ।
उहाले नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने कर्मचारीको अभाव रहेको भन्दै एक गाउँ एक कृषि प्राविधिकको अवधाराणा लागु हुन नसकेको बताउनुभयो । यो समस्या चाँडै हटाउन पहल केन्द्र र प्रदेश सरकारले गर्नुपर्ने उहाको भनाई छ । लेकवेशी नगरपालिका नागरिक प्रति सधै जवाफदेहि र पारदर्शी रहेको उहाले दाबी गर्नुभयो ।