पूर्ण सरसफाइका लागि पिपिरामा अभिमुखीकरण


जागरण,
सुर्खेत, ११ असोज ।
वीरेन्द्रनगर नगरपलिका ११ नंं वडालाई पूर्ण सरसफाईयुक्त बनाउका लागि वडाका महिला स्वास्थ्य स्वंसेविकाहरुलाई पूर्ण सरसफाई सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
एसएनभी नेपालको सहयोग, नगरपालिकासंगको समन्वय र सुन्दर नेपाल संस्थाको सहजीकरणमा आज पिपिरा स्वास्थ्य केन्द्रमा पूर्ण सरसफाई सम्बन्धि व्यवहार परिवर्तका लागि सञ्चार विषयक अभिमुखीकरण सम्पन्न भएको हो । अभिमुखीकरणमा वडाअध्यक्ष नन्दलाल शर्माले अहिले वडामा पूर्ण सरसफाइका ५० प्रतिशत सूचक पूरा गरेको दाबि गर्दै चाँडै नै वडालाई पूर्ण सरसफाइयुक्त बनाउने बताउनुभयो । कार्यक्रममा सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक ओमप्रकाश थापाले वडालाई पूर्ण सरसफाइयुक्त बनाउनका लागि महिला स्वास्थ्य स्वंसेविकाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । अभिमुखीकरणमा सहभागी महिला स्वास्थ्य स्वंसेविकाहरुले आ–आफ्नो टोलमा पूर्ण सरसफाइका लागि व्यवहार परिवर्तन गराउनका लागि लाग्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सुन्दर नेपाल संस्था टिकाराम आचार्य, कृष्ण खड्का लगायतले सहजीकरण गर्नुभएको थियो ।