प्रध्यापकहरुको धर्ना

सुर्खेत, १५ असोज (जागरण) । विभिन्न माग राखेर आन्दोलित बनेका मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत प्रध्यापक संघ संगठनहरु र विश्वविद्यालयबिच सहमती नजिक पुगेको वर्ता भाडिएको छ ।
प्रध्यापकहरले उठाउँदै आएका विभिन्न मागको सम्बोधन गरेर सहमती नजिक पुगेको वर्ता एउटा बुँदा स्पष्ट नभएपछि वार्ता भाडिएको हो ।
प्रध्यापकहरुले इन्जिनियरिङ सङकाय अन्र्तगत एम.ई कार्यक्रमका निर्देशक उपप्रध्यापक विश्वनाथप्रसाद यादवलाई उपकुलपति द्धारा विनाकारण सेवाबाट बर्खास्त गरिएको भन्दै पुनरवाहाली गर्नुपर्ने अडान लिएका छन ।
उनिहरुले पुनरवाहाली गर्न आनाकानी गरेको भन्दै पुन आज दुइ घण्टा विश्वविद्यालयमा धर्नाका कार्यक्रम शुर गरेका छन ।
आन्दोलनमा सहभागी भएका प्रध्यापक संगठनका सचिव कमल बहादुर सिंङले कर्णाली विश्वविद्यालय आफ्ना सबै माग पुरा गर्न तयार नभएको बताउनुभयो ।
यता, विश्वविद्यालयका तर्फबाट वार्ता समितिका संयोजक रहेका लिलाधर तिवारीले अन्य सबै बुँदामा सहमती भइसकेको र एउटा बुँदामा प्रध्यापकहरुले अड्डी कसेपछि सहमती हुन नसकेको बताउनुभयो ।
यसअघि रजिष्टरको कार्यालयले विज्ञप्ति निकालेर सहमती भएको बताएको थियो । नेपाल राष्ट्रिय प्रध्यापक संगठन, करार प्रध्यापक संघ, आंशिक प्रध्यापक संघले उपप्रध्यापकको कारबाही फिर्ता लिनु पर्ने, राजनितिक पूर्वाग्रह राख्दै एकपक्षिय ढङगले गरीएका पदाधिकारी नियुक्तिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, उपप्रध्यापक तथा कर्मचारीको विज्ञापन र छनोट प्रक्रिया तुरुन्तै गर्नुपर्ने, लगायतका माग राख्दै दुइ महिनादेखि आन्दोलन गर्दै आएका छन । त्यस्तै, उनिहरुले इन्जिनियरिङ सङकाय अन्र्तगत एम.ई कार्यक्रमका निर्देशक उपप्रध्यापक विश्वनाथप्रसाद यादवलाई उपकुलपति द्धारा विनाकारण सेवाबाट बर्खास्त गरिएको भन्दै फिर्ता लिनुपर्ने माग राख्दै दुइ महिनादेखि आन्दोलित भएका थिए । आन्दलोलित बनेका थिए ।