जेष्ठ नागरिकहरुलाई फलपुल र हरलिक्स वितरण

सुर्खेत, १५ असोज (जागरण) । सुर्खेतका जेष्ठ नागरिकहरुलाई फलपुल र हरलिक्स दिइएको छ ।
३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा सामाजिक विकास मन्त्रालायको समन्वयमा वीरेन्द्रनगर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आज आयोजना गरिएको कार्यक्रममा उनिहरुलाई फलफुल र हरलिक्स वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै जेष्ठ नागरिकहरुले समाज रुपान्तरण र परिवर्तनका लागि जेष्ठ नागरिकको अनुभव महत्वपूर्ण हुने बताएका छन ।
उनिहरुले जेष्ठ नागरिकहरुप्रति सरकारले देखाएको उदारताप्रति धन्यवाद समेत दिएका छन ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरला रेग्मीले पछिल्लो पुस्तालाई अघिल्लो पुस्ताको सिकाई हस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।