सुर्खेत, १५ असोज (जागरण) । लोप उन्मुख समुदाय राउटे समुदायका महिला र बालबालिकाहरुलाई पोषिलो खानेकुरा वितरण गरिएको छ ।
कर्णाली प्रदेश योजना आयोगको आर्थिक सहयोग तथा युनिसेभ र स्याक नेपालको आर्थिक र प्राविधिक सहयोगमा राउटे समुदायका एक सय ५१ घरपरिवारका महिला तथा बालबालिकाहरुलाई पोषिलो खानेकुरासँग अन्य राहत सामग्री वितरण गरिएको हो ।
४६ घरका सबैलाई पुग्नेगरी चामल, दाल फलफुल र स्वास्थ्य किट उपलब्ध गराइएको हो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सर्बराज खड्काले राउटे समुदायको जीवन रक्षाका लागि सरकारले महत्वपूर्ण योजना बनाएको बताउनुभएको छ ।
उहाले कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई अन्य मानिससरह बाच्न पाउनेगरी सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयनमा लिएको बताउनुभयो ।
उहाले पछिल्लो समय यो समुदायमा विकृति मौलाउन थालेको भन्दै राउटेको मौलिकता जोगाउनेगरी सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा योजना आयोगका सदस्य दिपेन्द्र रोकाय, विभिन्न सरकारी तथा गैरसरकारी नीकायका प्रतिनिधिहरुको सहभागिता रहेको स्याक नेपालका रेशम चन्दले जानकारी दिनुभयो ।