कर्णालीका केही स्थानीय सरकारका सकारात्मक र उदाहरणिय योजना कार्यान्वयनमा

नन्द कठायत ।
सुर्खेत, १७ असोज (जागरण) । कर्णालीका केही स्थानीय सरकारले सकारात्मक र उदाहरणिय काम गरेर छन् । स्थानीय तहले पाचँवर्ष सम्म आइपुग्दा केही नयाँ र उदारणीय काम गरेका हुन् ।
उनिहरुले शिक्षा, स्वासथ्य, रोजगारी र विभिन्न सुरक्षा योजनाका कार्उक्रम ल्याएर कार्यान्वयन लिएको बताएका छन ।
कालिकोटको खाँडाचक्र नगरपालिकाले दुई वटा छोरी जन्माइ परिवार जियोजन गर्ने परिवारलाई एक लाख सम्मको पुरस्कारको व्यवस्था गरेको छ ।
नगर प्रमुख जसी प्रसाद पाण्डेले दुई छोरीको पालिकाले निशुल्क पठ्नपाठनको व्यवस्था गर्नेगरी कार्यक्रम कार्यान्वयनमा लिएको कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै नगरपालिकाले महिला र आमाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकाले यो चालु आर्थिक वर्षमा निशुल्क दुई हजार सुधारीएको चुलो वितरण गर्ने योजना दिएको प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
दैलेखको भगवतीमाई गाउँपालिका पनि पालिकामा एक सय ७६ रोपनी जग्गामा बैंकको स्थापना गरेको छ । पालिकाले विभिन्न क्षत्रेमागरी हालसम्म एक सय ४० जनालाई रोजगारी दिएको अध्यक्ष दान बहादुर थापाले बताउनुभएको छ ।
यस्तै, सुर्खेतको पञ्चपुरी नगरपालिकाले पनि स्वास्थ्य र शिक्षालाई जोड दिएको छ । आमा र बाल मृत्युदर कम गर्ने उद्दश्ेयले नगरपालिकाले गर्भवती र सुत्केरी आमालाई २ हजार प्रोत्सान भत्ताको व्यावस्था गरेको नगर प्रमुख उपेन्द्रबहादुर थापाले बताउनुभयो ।
सल्यानको त्रिवेणी गाउँपालिकाले हाम्रो त्रिवेणी नामक स्थानीय पाठ्यक्रम निमार्ण गरेको छ । गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले एक सय पुर्णङ्कको स्थानीय पाठ्क्रम निमार्णगरी पठनपाठन सुरु गरिसकेको कर्णाली रैबारलाई जनाकारी दिनुभयो ।
उहाँका अनूसार १ देखि ५ कक्षा सम्मका विद्यार्थीको लागि स्थानीय पाठेक्रम लागु गरिएको छ ।
गाउँपालिकाले सार्वजनिक विदाको दिनमा पनि स्वास्थ्य सस्थाहरु खुल्ला गर्ने गरेकोे अध्यक्ष मान बहादुर डाँगीले बतानुभयो ।
सार्वजनिक विदामा पनि स्वास्थ्य संस्थाहरु खुल्ला हुदा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाएको उहाँको भनाइ छ ।