किशोरकिशोरी तथा युवा सशक्तिकरण परियोजना लागु

सुर्खेत, १८ असोज (जागरण) । सुर्खेतमा युवाहरुको व्यक्तीगत विकास र आर्थिक समृद्धिमा सहयोग पुर्याउन किशोरकिशोरी तथा युवा सशक्तिकरण परियोजना लागु गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपाल मार्फत किशोरकिशोरी तथा युवा सशक्तिकरण पञ्च बर्षिय परियोजना लागु गरिएको हो ।
विशेष गरेर पछाडी पारिएको किशोर किशोरीहरुलाई स्वरोजगार र सवल बनाउनेगरी सन २०२६ सम्म सुर्खेतको वराहाताल र वीरेन्द्रनगरमा कार्यक्रम लागु गरिएको हो ।
यसै सन्र्दभमा आज वराहातालमा गाउँपालिकामा परिचयात्मक एवम समन्वयत्मक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा परियोजना बारे प्रकाश पार्दै समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले परियोजनामार्फत स्थानीय युवाहरुलाई स्वरोजगार र व्यक्तीत्व विकास गर्न समेटिने बताउनुभयो ।
वराहाताल गाउँपालिका अध्यक्ष तेज बहादुर बस्नेतले पालिकाको तर्फबाट पनि किशोर किशोरीको व्यक्तीत्व विकास र स्वरोजगारका कार्यक्रम रहेको भन्दै गैरसकारी संघसंस्थाहरुका यस्ता कार्यक्रममा समेत सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
बुलगारी परियोजना संयोजक तेज सोनामले १३ देखि २४ बर्षसम्मका व्यक्तीहरु लाभाम्वित हुने भन्दै विद्यालय ड्रप आवट समेत रोकिने जानकारी गराउनुभयो ।
परिचयात्मक र समन्यत्मक कार्यक्रम समाज जागरण केन्द्र (स्याक) नेपालका अध्यक्ष मिना तिवारीको अध्यक्षता र वराहाताल गाउँपालिका अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष शोभा शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।