अस्पतालमा बालिकाको मृत्यु भएपछि आफन्त आन्दोलित

सुर्खेत, २३ आसोज (जागरण) । नाकमा मकैको दाना अड्केपछि दैलेखमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत ल्याइएकी एक बालिककाको मृत्यु भएको छ ।
नारायण नगरपालिका–४ सोतकी साढे दुई वर्षीय बालिका कुसुम कटुवालको मृत्यु भएको हो ।
मृतक बालिकाका आफन्तहरुले भने प्रदेश अस्पतालको लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दै प्रदेश अस्पतालविरुद्ध आन्दोलन गरेका छन ।
चार दिन अघि नाकमा मकैको दाना अड्केकी बालिकाको दैलेख अस्पताल हुँदै प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।
उहाको उपचारकै क्रममा गएराती मृत्यु भएपछि आफन्तहरुले डाक्टरहरुको लापरवाहीले घटना भएको आरोप लगाएका छन ।
‘दैलेखका डाक्टरहरुले दैलेखमै अप्रेशन गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत ल्याइउको भन्दै बालिकाकी आमा पूजा कटुवालले स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीलाई डाक्टरहरुकै लापरवाहीले मृत्यु भएको बताउनुभयो ।
लापरवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै अस्पतालमा आन्दोलित भएको आफन्तले बताएका छन् ।
यता, प्रदेश अस्पतालले भने डाक्टरहरको लापरवाहीले बालिकाको मृत्यु नभएको प्रतिक्रिया दिएको छ ।
अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले डाक्टरको लापरवाहीले बालिकाको मृत्यु नभएको बताउनुभयो ।
उहाले कुनै पनि विरामीलाई बचाउने हरसम्भव प्रयासरत गर्ने भन्दै बालिकाको हकमा पनि बेहोस बनाएर मकैको दाना निकाल्न अप्रेशन गरिरहेका बताउनुभयो । तर अप्रेशनका क्रममा एक्काशी बालिकामा श्वासप्रश्वासमा समस्या देखिएपछि बचाउन नसकिएको बताउनुभयो ।
घटनाप्रति अस्पताल परिवार दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षती पु¥याउन नहुने बताउनुभयो ।
आन्दोलनमा रहेका आफन्त र प्रदेश अस्पतालबिचमा अहिले वार्ता चलिरहेको जनाइएको छ ।