टेकराज केसी ।
सुर्खेत, २५ असोज (जागरण) । कर्णालीका प्रदेशका सरोकारवालाहरुले अहिलेको शैक्षिक प्रर्णाली नै परिवर्तन गर्नुपर्ने बताएका छन ।
एनसिएफ र सुन्दर नेपालले प्रदेश राजधानी सुर्खेतमा आयोजना गरेको कर्णालीको शिक्षाको अवस्था र सुधार प्रयास अन्तरक्रिया कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले यस्तो बताएका हुन ।
उनिहरुले अहिलेको शिक्षा प्रर्णालीले बेरोजगार जनशक्ती मात्र उत्पादन गरेको भन्दै अब व्यवहारिक रपमा काम लाग्ने खालको शिक्षा प्रर्णाली आवश्यक रहेको बताएका छन ।
कार्यक्रममा कर्णालीको शिक्षाको अवस्थाको चित्रण गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक विष्णु कुमार खड्काले अहिलेको शिक्षा प्रर्णालीलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाले तिनवटा विधिमा शैक्षिक क्षेत्र संचालन हुनुपर्ने भन्दै आधारभुत शिक्षामा सबै र १० कक्षादेखि सिपसँगै ज्ञान दिनेगरी शिक्षा प्रर्णाली लागु गर्नुपर्ने बताउनुभयो । उहाले उच्च शिक्षा सबैको लागि नभई विज्ञता र विशिष्टताका आधारमा दिइनुपर्ने सुझाव दिनुभयो ।
अहिलेको अवस्थामा विश्वव्यापी ज्ञान डाउनलोड र स्थानीय ज्ञान अपलोड गर्न सके शिक्षामा केही परिवर्तन आउने उहको भनाई छ ।
अर्का सहभागी आवाज संस्थाका निशा पौडेलले विद्यार्थी टिकाउ र विकाउ हुने खालको शिक्षाको आवश्यकता रहेको बताउनुभयो । अहिले पनि विद्यालयमा भर्ना भएका सबै विद्यार्थी टिक्न नसक्ने भन्दै यतातर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
एकल महिला कर्णाली प्रदेशका अध्यक्ष नन्दा श्रेष्ठले द्वन्द्व पिडित बालबालिकाको लागि होस्टेलको व्यवस्था हुनुपर्ने भन्दै अहिले पनि उनिहरुले छात्रावृत्ति सहज ढङ्गले पाउन नसकेको बताउनुभयो ।
शिक्षक महासंघका अध्यक्ष कृष्ण कुमार थापाले शिक्षाको क्वालिटी ल्याउने भाषणमा मात्र हुने भन्दै पाठ्यक्रम परिवर्तन गर्न तर्फ सरकारले चासो नदिएको बताउनुभयो । उहाले क्वालिटी ल्याउन पाठ्यक्रम परिवर्तन समय समयमा भइरहनुपर्नेमा जोड दिनुभयो ।
सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कंडेलले शिक्षामा आमुल परिवर्तन गर्नका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
सुर्खेत नेत्रहिन संघका तोरण अधिकारीले अपाङ्गता भएका बालबालिकाहरुको सिकाइका लागि बे्रन लिपि कर्णालीका विकट जिल्लाहरुमा पठाउन नसकिएको भन्दै यतातर्फ सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा शिक्षासँग सरोकार राख्ने विभिन्न व्यक्तीहरुको सहभागिता रहेको थियो ।
कर्णालीमा अहिले ६२ दशमलव ८ प्रतिशत नागरिक साक्षर रहेको सरकारी तथ्याङ्क छ ।