मुगुमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
नाग्म–गमगढी सडक खण्डको पिना झ्यारी खालामा बस दुर्घटना भएको हो । सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस रारा छाँयानाथ नगरपालिका–७ पिना झ्यारी खोलामा भएको दुर्घटनामा १५ बढी घाइते भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोम महतले जानकारी दिनुभयाे ।
बस सडकबाट दुईसय मिटर तल खसेको उनको भनाइ छ । उनकाअनुसार बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन् । अन्यको खोजी कार्य जारी छ । १४ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइयो
घाइतेहरूको अस्पतालमा पु¥याउने काम भईरहेकोले अस्पताल पुर्याउने काम भइरहेको छ । बस दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
अहिले उद्दार भइरहेकाले घाइतेको संख्या बढ्न सक्ने एसपी माधव श्रेष्ठले जानकारी दिनुभयो ।