सुर्खेत, २६ फागुन (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक भएको कर्णाली प्रदेशस्तरिय टि-ट्वाइन्टी क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । प्रतियोगितामा अपराजित यात्रा कायम राखेको सुर्खेतले फाइनलमा रुकुमलाई जित्दै सुर्खेतले उपाधि जितेको हो ।
वीरेन्द्रनगरको कालुङचोक मैदानमा भएको फाईनलमा सुर्खेतले रुकुमलाई ३ विकेटले पाखा लगायो । पहिला टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले निर्धारित २० ओबरमा ८ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो ।
१ सय १४ रनको लक्ष्य पक्ष्याएर उच्च मनोबलका साथ मैदानमा उत्रिएकोको सुर्खेतले १८ दशमलब ६ ओभरमा ७ विकेट गुमाएर जीत भेट्टाउन सफल भयो ।
खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सुर्खेतका ललित प्याकुरेल म्यान अफ म्याच घोषित हुनुभएको छ । कर्णाली प्रदेशको क्रिकेट टोली छनोटका लागि भएको लिग प्रतियोगितामा प्रदेशका ६ वटा टोलीको सहभागिता थियो ।