दैलेखका शाही जुम्लामा मृत भेटिए, हत्याको आशंका

गणेश रावल
जुम्ला, २८ असाेज (जागरण) ।
 जुम्लाकाे खलंगामा होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाही हाेटल भित्रै मृत भेटिएका छन् ।  शाहीले जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्यालीभ्यू होटल सञ्चालन गर्दै आएका थिए। उनको शव आज बिहीबार विहानै होटलको बराण्डामा भेटिएको हाे। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार अहिले प्रराम्भिक अनुसन्धान भइरहेको छ। होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएपछि हत्याको आशंका गरिएको छ। शाहीले झण्डै डेढ दुई वर्षदेखि जुम्लामा होटल व्यवसायी सञ्चालन गर्दै आएका थिए ।