शंकर केसी ।
सल्यान, ४ कात्तिक (रेडियो कपुरकोट) । धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतिको हत्या गरेको भन्दै प्रहरीले सल्यानमा एक जनालाई पक्राऊ गरेको छ ।
सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ तिमिलेकी ४२ वर्षिय कली खड्काको हत्या गरेको भन्दै उहाँका श्रीमान कविरामलाई पक्राऊ गरिएको हो ।
४७ बर्षका कबिरामले आफ्नी श्रीमती कलीमाथि धारिलो हतियार (बसुलो) प्रहार गरेको प्रहरीले बताएको छ ।
घरायसी विवाद हुँदा बसुलालेले टाउको र घाँटीमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।
उहाँकाअनुसार कविरामले अत्यधिक मदिरा सेवन गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।