सुर्खेत, ७ कार्तिक (जागरण)। सुर्खेतको वीरेन्द्रनगरमा रहेको राष्ट्रिय बाणिज्य बैँकको शाखाले रकम भुक्तानी गर्दा त्रुटी गरेको पाइएको छ ।
वीरेन्द्रनगर–१० का रमेश विसीले सुन राखेर राष्ट्रिय बाणिज्य बैंक सुर्खेतबाट सात लाख रकम भुक्तानी लिनुपर्नेमा बैँकले १० हजार कम रकम भुक्तानी गरेको हो ।
बैँकमा सात लाख रुपैयाँ भुक्तानी लिएको कागजमा हस्ताक्षर गरेको तर घरमा पुगेर गणना गर्दा ६ लाख ९० हजार मात्रै थाह पाएको विसीले बताउनुभयो ।
नेपाल बैंक लिमिटेडको स्टिकर टाँसेको एक–एक लाखका सात वटा गड्डीमध्ये एउटामा ९० हजार रुपैयाँ मात्रै थियो । आफुले ल्याएको रकममा १० हजार रकम कम भएपछि राष्ट्रिय बाणिज्य बैंकमा गएको तर त्यहाँ बैंकले अहिलेसम्म पहल नगरेको उहाले गुनासो गर्नुभयो ।
बैंकहरुमा रकम गणना गर्न मेसिनको समेत प्रयोग गरिएको भए पनि त्रुटी हुुँदा आफू दंग परेको विसीको भनाई छ । यसले गर्दा बैंकहरुप्रतिको विश्वसनियता खस्किन थालेको छ ।
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सुर्खेतले भने आफुहरुबाट कमजोरी भएको स्वीकार गर्दै त्यसलाई अब सच्याइने बताएको छ ।
बैंकका प्रवन्धक लिलाराज ढुङ्गानाले नेपाल बैंकबाट आएको रकममा त्रुटी देखिएको भन्दै आफुहरुले पनि त्यसमा ध्यान पुर्याउन नसकेको कर्णाली रैबारसँग स्वीकार गर्नुभयो ।
उहाले भन्नुभयो, ‘नियतवस यस्तो गरिएको होइन, काम गर्ने क्रममा कहिलेकाँही त्यस्तो हुन्छ, यस विषयमा नेपाल बैंकसँग पनि हामीले समन्वय गरिसकेका छौँ ।’ अब यस्तो दोहिरिदैनउहाँले यस विषयमा नेपाल बैंकसँग समेत समन्वय भएको भन्दै सेवाग्राहीले रकम चाँडै पाउने बताउनुभयो ।