सुर्खेत, ९ कात्तिक (जागरण) । केहिदिन अघिको वर्षाले कर्णाली प्रदेशभर करिब १३ करोड रुपैयाँ बराबरको धानबालीमा क्षती पुगेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाअनुसार प्रदेशभर ४० हजार २ सय १९ मेट्रिक टन धान बालीको करिव १३ करोड बराबरको क्षति पुगेको हो ।
प्रदेशको डोल्पा, जुम्ला, सल्यान सुर्खेतमा ठुलो क्षती पुगेको भन्दै सबै तथ्याङ्क संकलन भइरहेको मन्त्रालयले जनाएको छ ।
कर्णालीमा करिब ४५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । भित्र्याउनुअघि नै अधिकांश काटेर राखेको धान खेतमै डुवान र बाढीले बगाउँदा क्षती भएपछि उत्पादन घट्ने देखिएको छ ।
बर्षेनी खाद्यन्न अभाव भइरहने कर्णालीमा यो पटक धान उत्पादन कम हुने भएपछि फेरी खाद्य संकट हुने चिन्ता समेत थपिएको छ ।
देशभर करिब ८ अर्बको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको हो ।