एमालेमा जनताको आकर्षण झन बढेको छ –कंडेल


जागरण
सुर्खेत, ९ कात्तिक ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सह–इन्चार्ज यामलाल कंडेलले नेकपा एमाले प्रति जनताको आकर्षण झन बढ्दै गएको बताउनुभएको छ ।
एमाले वीरेन्द्रनगर नगरपालिका १२ नं. वडा कमिटिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अहिलेपनि जनताको पहिलो रोजाइ एमाले नै रहेको बताउनुभएको हो । ‘नेकपा एमालेको पहिलो सरकारदेखि अहिलेसम्म ल्याएका नीति कार्यक्रम र गरेका काम जनतासामू लोकप्रिय छन्’उहाँले भन्नुभयो,‘त्यसैले नेपाली जनताको पहिलो रोजाइमा नेकपा एमाले नै रहेको छ भन्ने कुरामा कसैले शंका गर्नुपर्ने अवस्था छैन ।’ आगामी निर्वाचनबाट पनि एमाले नै पहिलो पार्टी हुने कंडेलले जिकिर गर्नुभयो । सही राजनीतिक पार्टी छान्न नसक्दा सबैभन्दा पहिला राजनीतिबाट टाढा रहन्छु भन्ने जनताले नै दुख पाउने गरेको भन्दै आगामी निर्वाचनमा एमालेलाई रोज्न कंडेलले आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सुर्खेतका सदस्य एवं वडा नं. १२ का इन्चार्ज पूर्णप्रसाद पौडेलले जनताहरु नेकपा एमालेमा गोलबद्ध हुनेक्रम विगत भन्दा बढेको र आगामी दिनमा थप सशक्त हुने बताउनुभयो । पौडेलले नेकपा एकीकृत समाजवादी पार्टीलाई इंगित गर्दै एमाले छोडेर जाने कही व्यक्तिहरुले जनतालाई भ्रम छरिरहेको र त्यस्ता भ्रममा नपर्न आग्रह गर्नुभयो । वर्तमान पाँच दलिय गठबन्धन सरकारले भूमिहिन जनताले लालपुर्जा पाउनै लाग्दा आयोगलाई विगठन गरेर जनविरोधी काम गरेको पौडेलले बताउनुभयो । कार्यक्रममा वडा सदस्य चन्द्रा धामीले पार्टी फुटेको नभई केही व्यक्तिले पार्टी छोडेको भन्दै विचलित नहुन आग्रह गर्नुभयो । कार्यक्रममा उसचिव मधुरानी ढकालले स्वागत मन्तव्यबाट स्वागत गर्दै जनताको आशा र भरोसाको पार्टी एमाले भएको बताउनुभयो । पञ्जबाजा ¥यालीसहित उद्घाटन भएको कार्यmक्रमा वडा कमिटि अध्यक्ष चुडामणि चपाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।