एमाले राष्ट्रिय महाधिवेशनः कर्णालीका अधिकांस वडाको अधिवेशन सकियो, पालिका अधिवेशन आजदेखि

सुर्खेत, ९ कात्तिक (जागरण) । नेकपा एमालेले आफ्नो १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत कर्णाली प्रदेशका ८ जिल्लाका तीन सय ३८ वडाको नेतृत्व सर्वसम्मत् चयन गरेको छ ।
नेकपा एमाले कर्णाली प्रदेशले दिएको जानकारी अनुसार प्रदेशका ८ जिल्लाका तिन सय ३८ वडाको अधिवेशन सम्पन्न भएको हो ।
८ वटा जिल्लाका अधिवेशन जारी रहेको भन्दै ति जिल्लाका अन्य वडाको अधिवेशन भोलीसम्म सकिने नेकपा एमालेका कर्णाली प्रदेशका अध्यक्ष गोरख बहादुर बोगटीले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
सुर्खेत जिल्लाका ९९ वडाको अधिवेशन आज जारी छ भने दैलेखका ९० वटै वडाको अधिवेशन कात्तिक १२ गते हुने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म कालिकाटका सबै ८२ वटै वडाको अधिवेशन सम्पन्न भएको छ । भने सल्यानमा ८३ मध्य ८० वडाको अधिवेशन सम्पन्न भएको छ ।
त्यसैगरी, हुम्ला ४४ वडा मध्य ३४ वडाको अधिवेशन सम्पन्न भएको छ । रुकुम पश्चि ७३ वडा मध्य ५३, मुगुका ४५ मध्य २२, डोल्पा ६५ मध्य ३५ जाजरकोट ७७ मध्य २२ र जुम्ला ६० मध्य १० वडाको अधिवेशन सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
एमालेको पालिकास्तरका अधिवेशन भने ८ जिल्लामा आजदेखि शुरु भएको छ भने सुर्खेत र दैलेखमा कात्तिक १५ गते हुने एमालेले जनाएको छ ।
एमालेले प्राविधिक कारण देखाउँदै दैलेख र सुर्खेतको अधिवेशन केहीदिन पछाडी सारिएको जनाएको छ ।