जागरण
सुर्खेत ९ कात्तिक ।
नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका १२ नं वडा कमिटिमा चुडामणि चपाइकाे अध्यक्षतामा २९ सदस्यीय कमिटि चयन भएकाे छ ।
मंगलबार आयाेजित प्रथम वडा अधिवेशनबाट चपाइकाे नेतृत्वमा सर्वसहमतीमा कमिटि चयन गरिएकाे हाे । कमिटिकाे उपाध्यक्षमा कर्णबहादुर सुवेदी सचिवमा कृति सुवेदी तथा उप सचिवमा पूर्णबहादुर सापकाेटा र प्रेम आचार्य रहनुभएकाे छ । निवार्चित कमिटिकाे आगामी तीन बर्ष कार्यकाल रहेकाे छ । यस्तै अधिवेशनबाट १६ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएकाे छ ।