रुकुम पश्चिम, १२ कात्तिक (जागरण) । रुकुमपश्चिममा एक बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । नलगाड नगरपालिकाकी १४ वर्षीय बालिकालाई बलात्कार गरेर अचेत अवस्थामा छाडेर भागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुमपश्चिम आठविस नगरपालिका–१४ पिपलचौतरा बस्ने २६ वर्षीय झलक जैशीले बलात्कार गरेको उजूरी दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाकाअनुसार बालिका आठविस नगरपालिको बाँकेज्यूलामा भलिबेल खेल हेर्न गएको खुलेको छ ।
उनी बुधबार राती ८ बजे बलात्कृत भएको प्रहरीले जनाएको छ ।
बालिकालाई आठबिसकोटस्थित नगर अस्पताल राडीमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ ।
बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।