सल्यान, १४ कात्तिक (जागरण) । सल्यानमा सञ्चालित दुइदिन संचालन गरिएको आँखा शिविरबाट तिन सय १६ जना लाभान्वित भएका छन् । जसमा ८७ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्र जोति संघ, राप्ती आँखा अस्पताल तुलसीपुर दाङको सहयोग र एनवीपी आँखा हेरचाह केन्द्र नर्वेको आर्थिक सहयोगमा सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा २ दिने निशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । जसबाट ८७ जनाको आँखाको सल्यक्रिया गरिएको थियो ।
मोतिया विन्दु र आँखाको अन्य समस्या भएमा केही नागरिकले उक्त सेवा लिएका थिए । जसले केही व्यक्तीलाई नयाँ ज्योति समेत दिएको छ । तर धेरै नागरिक सो शिविरमा उपस्थित हुन सकेनन् ।
सुचना नपाएर धेरै नागरिक आँखा जचाउन छुटेको स्थानीयले गुनासो गरेका छन् । आँखा शिविरको लागि नगरमा प्रचारप्रसार नभएका कारण आँखाका बिरामी उक्त शिविरबाट सेवा लिन वञ्चित भएका स्थानीयको गुनासो छ । १ हजार भन्दा बढी आँखाका समस्या भएका बिरामी रहेको भएपनि नगरमा ३ सय १६ जनाले मात्रै सेवा लिएका हुन ।