सहकारी संस्थामा राजनितिक मतभेद हुनुहुन्नः नेता कंडेल

सिर्जना बुढाथोकी ।
सुर्खेत, १४ कात्तिक (जागरण) । नेकपा एमाले कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कंडेलले सहकारी संस्थामा राजनितिक मतभेद हुन नहुने बताउनुभएको छ ।
राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं बार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै कंडेलले यस्तो बताउनुभएको हो ।
सहकारी संस्था जस्ता आर्थीक कारोबार हुने कुनै पनि संस्थामा राजनीतिक मतभेद हुन नहुने भन्दै उहाले यसले समग्र विकास अगाडी बढ्न नसक्ने बताउनुभयो ।
नेता कंडेलले अहिलेको जमाना भनेको प्रतिस्पर्धाको रहेको बताउदै सहकारीहरुको संख्यामा बृद्धि भएपनि जनताको विश्वासीलो संस्था बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय हरेक संघसंसथामा राजनीतिक हस्तक्षेप बढेको भन्दै यसले काम गर्न कठिनाई हुनुका साथै काममा गुणस्तर खस्किदै गएको बताउनुभयो । यसलाई सुधार गर्न आवश्यक रहेको उहाको भनाई छ ।
सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा ५ करोड ७५ लाख ७४ हजार ६ सय ३१ रुपैया ९२ पैसा बराबरको कारोबार गरेको छ ।
जसमा ४० लाख ७३ हजार ४६ रुपैया खर्च गरी ५६ लाख ६३ हजार ३ सय ४६ रुपैया ९८ पैसा आम्दानी गरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
आफ्नो पेशागत पहिचान संगै शेयर सदस्यहरुको आर्थिक समृद्धिका लागि आत्मविश्वास साथ संजालका रुपमा राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थालाई अगाडी बढाईने संस्थाका अध्यक्ष टंक प्रकाश लामिछानेले बताउनुभयो ।