विपतका घटनामा क्षती पुगेका कर्णालीका नागरिकलाई राहत उपलब्ध बनाउने प्रक्रिया अगाडी बढाइयो

नन्द कठायत ।
सुर्खेत, १५ कात्तिक (जागरण) । पछिल्लो पटक विभिन्न विपतमा परेर मृत्यु भएका तथा कृषि बालिमा क्षती पुगेका व्यक्तिका परिवाले छिट्टै राहत उपलब्ध बनाउनेगरी प्रक्रिया अगाडी बढाइएको छ ।
कर्णाली प्रदेश सरकारको कात्तिक ५ गते शुक्रबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विभिन्न विपतमा परेर मृत्यु भएका परिवार र अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको थियो ।
त्यसकै आधारमा प्रदेश सकारले मुगु दुर्घटनामा परी मृत्यु भएका प्रति परिवारलाई राहत स्वरुप एक–एक लाखका दरले छिट्टै उपलब्ध गराउने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कर्णाली सरकारले प्रदेशका सबै नागरिकको सामुहिक बिममाबाट रकम उपलब्ध गराउने छ । त्यसको लागि बिमा संस्थानबाट रकम निकासाको काम भइरहेको छ ।
मन्त्रालयलका सचिव झक्क प्रसाद आचार्यले अन्य बाढी पहिरो लगायतको विपदमा परी मृत्य भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामुहिक विपद दुर्घटना वीमाबाट प्राप्त हुने दुई लाख रुपैया तत्काल उपलब्ध गराउने कर्णाली रैबारलाई जाकारी दिनुभयो ।
यस्तै, विपदका कारण क्षतिग्रस्त भएका घर, भवन, अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाई , पूर्वाधार र अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन गर्न विभिन्न विषयगत मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयहरुलाई छिटो उपलब्ध गराउन भनिएको समेत बताउनुभयो ।
प्रदेश सरकाले बाढी पहिरोले क्षति भएका विभिन्न संरचनाको सघिय र स्थानीय सरकारसंग समन्वय गरी संरचना निर्माण गरिने बताएको छ ।