कर्णाली प्रदेश खेलकुद विकास परिषद् ऐन पहिलो संशोधन अध्यादेश जारी

सुर्खेत, १५ कात्तिक (जागरण) । कर्णाली प्रदेश खेलकुद विकास परिषद् ऐन २०७६ को पहिलो संशोधन अध्यादेश जारी भएको छ ।
कर्णाली प्रदेश सरकारको शिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले खेलकुद विकास परिषद् ऐन २०७६ को पहिलो संशोधन अध्यादेश जारी गर्नुभएको हो ।
प्रदेश सरकारले गएको कात्तिक ७ गते अध्यादेश मार्फत ऐन संशोधन गर्ने निर्णय गरेको थियो । उक्त ऐन संशोधनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस पठाएको थियो ।