अर्लि इलेक्सनमा जानुको विकल्प छैनः नेता वस्नेत

जागरण
सुर्खेत, १५ कात्तिक ।
नेकपा एमालेका युवा नेता तथा केन्द्रीय सदस्य महेश बस्नेतले देशलाई निकास दिन ‘अर्लि इलेक्सन’ मा जानुपर्ने बताउनुभएको छ ।
सोमबार प्रेस चौतारी नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता वस्नेतले अहिलेको गठबन्धन सरकारले देशलाई अन्यौलतामा मात्र राख्ने भन्दै विकास र निकासका लागि मध्यावधि निर्वाचनमा जानुपर्ने बताउनुभएको हो । ‘अबको परिवेशमा हाम्रो निश्कर्ष के हो भने न्यायपालिका माथि गम्भिर प्रश्न उठेको छ कार्यपालिका शिथिल छ कुनै काम गर्न सकिरहेको छैन र व्यवस्थापिका सदनले पनि कुनै खालको कानुन बनाउन सकेको छैन अवको अवस्थामा अर्लि इलेक्सनमा जानुको विकल्प छैन’ वस्नेतले भन्नुभयो‘जसरी मोवाइल ह्यांग हुँदा रिस्टार्ड गरिन्छ रिस्र्टा गर्ने प्रक्रियामा पनि भएन भने सफ्टवेयरमै सफाइ गर्नुपर्छ त्यसैगरी जनताको ताजा जनमत लिनका लागि निर्वाचनमा जानुको विकल्प छैन ।’ त्यसैगरी आउदो निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने नेता वस्नेतको दाबि छ । उहाँले आगामी निर्वाचनमा गठबन्धन बनाएपनि हार्ने भन्दै सिंगल सिंगल निर्वाचनमा आउन काँग्रेसलाई चुनौती दिनुभयो ।
उहाँले नेकपा एमाले अहिले नै प्रधानन्यायधिसमाथि महाअभियोग लगाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । न्यायलयमा थुप्रै समस्या रहेको कुरा आयोगले औँल्याएकोले एमाले समग्र न्यायलयको सुधार हुनुपर्ने पक्षमा रहेको नेता वस्नेतको भनाइ छ ।