सुर्खेत, १५ कात्तिक (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गर्नुभएको छ ।
उहाले अहिले साँझ ६ बजे प्रदेशबासीका नाममा विशेष सम्बोधन गर्दै हुनुहुन्छ । त्यही सम्बोधनका क्रममा राजीनामा दिने तयारी भएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ ।
यसअघि आज ५ बजे मन्त्रिपरिषद् बैठक बसेको थियो । मन्त्री परिषद्ले गरेका निर्णय भने सार्बजनिक गरिएको छैन ।
गएको वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेको बताइएको छ ।
अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ ।