पाइलट बनेका जीवन बहादुर शाही कर्णालीको मुख्यमन्त्री

सुर्खेत, १७ कात्तिक (जागरण) । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही कर्णालीको दोश्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भए । उनले मंगलबार नै पथ तथा गोपनीयता लिएर सपथसँगै आफ्नो कार्यभार सम्हालि सकेका छन । २०७४ सालको निर्वाचनमा हुम्ला क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन । प्रदेशका २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्य उनि मात्रै प्रत्यक्ष रुपमा विजयी भएका थिए । यसअघि उनि २०७३ सालमा नागरिक उड्यन मन्त्री समेत भएर काम गरेका थिए । २०७० मा हुम्ला जिल्लाबाट नेपाली कांग्रेसकोतर्फबाट संविधानसभा सदस्य, २०७० देखि २०७४ सम्म संसदको विकास समिति सदस्य र कर्णाली विकास उपसमिति संयोजक, २०६४ मा संविधानसभा सदस्य, २०५५ मा नेपाली कांग्रेसको तर्फबाट जिल्ला विकास समिति हुम्लाको सभापति भएका थिए ।
शाहीको बाल्यकाल
वि.स २०२१ साल फागुन २१ गते हुम्लाको खार्पुनाथ गाउँपालिकाको छिप्रामा शाहीको जन्म भएको हो । उनको बाल्यकाल भने काठमाडौंमा वितेको हो । प्रारम्भिक शिक्षाको सुरुवात उनले बुढानिलकण्ठ स्कुल काठमाडौंबाट गरेका हुन । शाहीले त्रिचन्द्र बहुमुखी क्याम्पसबाट आइएस्सी र त्रिभूवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा माष्टर डिग्री गरेका छन् । सानैदेखि समाज रुपान्तरण गर्नुपर्छ भन्ने सोच राख्थे । अन्यायको विरुद्ध उनि डटेर लाग्ने स्वभावका उनले गरिब र निम्न स्तरका व्यक्तीहरुको पक्षमा जहिले पनि वकालत गर्थे ।
रेडियो संचालकदेखि विद्यालय व्यवस्थापन समति अध्यक्षसम्म
उनले विभिन्न सामाजिक क्षेत्रमा समेत काम गरिसकेका छन । जनतालाई सञ्चारको पहुँचमा पुर्याउन समेत उनले योगदान गरेका छन । सामुदायिक रेडियो कैलाश हुम्लाको संस्थापक अध्यक्ष भएर काम गरेका उनी स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको संस्थापक अध्यक्ष भए । यस्तै शुभचिन्तक बचत तथा सहकारी संस्थाको संस्थापक, रेडक्रस सोसाइटी हुम्ला र रेयूकाई नेपाल हुम्लाको संस्थापक पनि हुन् । उनले १० वर्षसम्म मानसरोवर नमूना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका थिए ।
दुइ बर्ष पाइलट बने
सामाजिक क्षेत्रमा काम गरेर समाज सेवा गर्ने उनको सानैदेखिको लक्ष्य थियो । जनतालाई माथी उठाउने सोच बनाएका उनी पाइलट भएर दुइ बर्ष जहाज समेत उडाए । अमेरिकाको एअरक्राफ्ट एभिएसन कम्पनीबाट पाइलट कोर्स सम्पन्न गरेर दुई वर्षसम्म जहाज चलाएका थिए । पाइलटको जागिर छोडेर उनि पूर्णकालिन राजनीतिमा होमिएका उनि कर्णाली प्रदेशको दोश्रो मुख्यमन्त्री बनेका छन । उनि नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुन ।
राजनितिक यात्रा
उनी विद्यार्थी कालदेखि नै राजनितिमा सक्रिय भएका थिए । नेपाल विद्यार्थी संघको त्रि–चन्द्र क्याम्पस इकाई सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेका शाहीले कर्णाली हित समितिको सहसचिव, नेपाली कांग्रेस हुम्लाको संस्थापक सभापति भए । उनि १६ बर्ष हुम्ला जिल्लाको काँग्रेस सभापती भएर काम गरे । ११ औं महाधिबेशनबाट लगातार केन्द्रीय सदस्य छन् । जन्मिएका शाही १६ वर्ष हुम्ला कांग्रेसको सभापति भए । त्यसयताका १६ वर्ष लगातार उनी कांग्रेस केन्द्रीय सदस्य छन् । नेपालीसँगै अंग्रेजी, हिन्दी, स्पेनीस, लगायतका भाषा बोल्न सक्ने उनले करिब एक दर्जन देशको भ्रमण गरेका छन । मुख्यमन्त्री शाहीका श्रीमती बसन्तीकुमारी सिंह शाही र दुई छोरा तथा एक छोरी छन् ।