गाउँघरमा तिहारको रौनकता बढ्यो, यमपञ्चक अन्तरगत आज लक्ष्मी पुजा पुजा अर्चाना गरि मनाईदै

सुर्खेत, १८ कात्तिक (जागरण) । यमपञ्चक अन्तरगत आज घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।
आज दिनभरी व्रत बसी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी घरघरमा दीपावली गर्ने चलन छ ।
आज घरको सबैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी भ¥याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गर्नाले त्यस घरमा लक्ष्मीको बास हुने र सम्पन्नता छाउने धार्मिक विश्वास छ ।
आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने गरिन्छ । साँझमा दीपावली गरिसकेपछि गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्विरमा पूजा गर्ने चलन छ ।
सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलीले भगवानलाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण दिएको भन्दै आज बलिराजाको पनि विशेष पूजा गर्ने गरिन्छ ।
आजदेखि विभिन्न समुह बनाएर घरघरमा गई देउसी भैलो खेल्ने गरिन्छ । आजै लक्ष्मीको अवतारको रुपमा गाईको श्रद्धापूर्वक पूजा गर्ने चलन छ ।
वैदिक सनातन धर्ममा गाईको स्थान उच्च छ । हिन्दुधर्ममा आमाको रुपमा हेर्ने गाईका हरेक कुराहरु पूजनीय मानिन्छ ।